Sagun Khabar
घरको छतबाट लडेर एक बालक घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

घरको छतबाट लडेर एक बालक घाइते भएका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुगला घर भई जयपृथ्बी नगरपालिका–९ सिमखेतमा कोठा गरी बस्ने भिरु कडायतका ८ वर्षिय छोरा आयुश कडायत घरको छतबाट खसेर घाइते भएका हुन्।

शनिवार (आज) दिउँसो ३ बजेतिर घरको छतमा खेल्ने क्रममा भुईमा खसेका कडाएतको आखाँ, मुख, छाति र टाउँकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। प्रहरी निरीक्षक चौधरीका अनुसार बालकको अवस्था गम्भीर रहेको छ।

घाइते बालकलाई जिल्ला अस्पताल बझाङले बाहिर रेफर गरिएको जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update