Sagun Khabar
बझाङको दुर्गाथली २ मा आयोजना बैंक

बैतडी -बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर २ मा आयोजना बैंक निर्माण गरिएको छ ।  वडाको विकास व्यवस्थापनको लागि आयोजना बैंक निर्माण गरिएको  हो ।

 वडा भित्रका सामाजिक योजना लक्ष्य प्राप्त गर्ने, आयोजनाको पूर्व प्राथामिकिकरण गर्ने, कार्यान्वयन निकायलाई उत्तरदायी बनाउने, विकास व्यवस्थापन सिद्धान्त अनुसरण गर्ने, सरोकारवाला निकायलाई सहजिकरण गर्ने लगाएतका लक्ष्यले बंैक स्थापना गरिएको  बताइएको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

आयोजना बैकमा रहेका आयोजना प्राथमिकताको आधारमा  छनौट गरि योजनाको कार्यान्वयन गर्ने र गराउने कुरामा वडा कार्यलय कटिबद्ध रहने वडा अध्यक्ष धनराज मिश्रले जानकारी दिए । उनले  आफुलाई उक्त योजना बैंक निमार्ण गर्न एक वर्षको समय लागेको बताए।  आयोजना बैंक निर्माण गरि सार्बजनिक गर्ने दुर्गाथली गाउँपालिका वडा नम्बर २ बझाङ जिल्लामै पहिलो बनेको छ ।

 आयोजना बैंकमा शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, कृषि,वन, पर्यटन, खानेपानी, टोलसुधार बाटो निमार्ण, जनचेतना कार्यक्रम, प्रशासन, सार्वजनिक शौचालय लगायतका महत्वपूर्ण विषयहरु समेटिएका छन् । विगतमा निर्धारित समयमा आयोजना कार्यान्वयन गर्न नसकिएको अनुभवका आधारमा कार्यान्वयन प्रभावकारी बनाउन आयोजना बैंकको अवधारणा अघि सारिएको वडाले  जनाएको  छ ।

 यसैबिच वडाका दिर्घ रोगीहरूलाई वडा कार्यलयद्वारा दिर्घ रोगी स्वास्थ्य कार्ड र व्यवसायीक कृषि कार्ड पनि वितरण गरिएको बताइएको छ । दुर्गाथली गाउँपालिका वडा नम्बर २ ले पछिल्लो समय जिल्लामै रचनात्मक कार्यहरु गरिरहेको स्थानियको भनाई  छ । वडा अध्यक्ष धनराज मिश्रको नेतृत्वले वडामा फरक र सकारात्मक गतिविधीलाई प्राथामिकता दिएको स्थानिय वडावासिको बुझाइ छ ।   

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update