Sagun Khabar
सिगास गाउँपालिकाले गर्यो पदक विजेता खेलाडीहरुलाई १ लाख बढी नगदसहित सम्मान  

बैतडी- बैतडीको सिगास गाउँपालिकाले १४ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।  आज एक औपचारिक कार्यक्रमकाबीच खेलाडीहरुलाई १ लाख ३६ हजार रुपैया नगदसहित सम्मान गरेको हो । 

भलिबल बिजेता टोलीलाई ५४ हजार, एथलेटिक्समा स्वर्ण विजेता ४ जना खेलाडीलाई १० हजारका दरले ४० हजार, भलिबलमा उत्कृष्ट खेलाडी रेमन बिक र एथ्लेटिक्समा उत्कृष्ट खेलाडी देवकी कुमारी धामीलाई जनही ६÷६ हजारका दरले पुरुस्कार प्रदान गरेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै करातेमा रजत विजेता एक जनालाई ६ हजार, एथ्लेटिक्समा कास्य पदक बिजेता ४ जनालाई ४ हजारका दरले १६ हजार र २ जना करातेका कास्य पदक विजेता खेलाडीलाई ४ हजारका दरले ८ हजार गरी १ लाख ३६ हजार रुपैया गाउँपालिकाले उपलब्ध गराएको खेलकुद प्रशिक्षक दिपेन्द्र सिंह धामीले जानकारी दिए । 

खेल प्रशिक्षक दिपेन्द्र सिंह धामीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । गाउँपालिकाले  पुरस्कार सहित सम्मान गरेकाले  खेलाडीहरुको मनोबल उच्च रहने प्रशिक्षक धामीले बताए ।  रनिङ शिल्ड प्रतियोगितामा निकै प्रसंसनीय प्रदर्शन गरेको बताउदै पालिकाले खेलाडीहहरुको अभिभावकत्व ग्रहण गरेको गाउँपालिका अध्यक्ष हरि सिंह धामीले बताए । 

मेलौलीमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास छात्रतर्फ भलिबलमा बिजेता बनेको थियो भने छात्रातर्फ एथ्लेटिक्समा तृतिय भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update