Sagun Khabar
बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–११ धामीलेकमा घाँस काट्ने क्रममा २८ वर्षीय महेश्वरी जोशी भिरबाट लडेकी थिईन् । 

भिरबाट लडेर घाइते भएकी जोशीलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत लगिएको थियो । उपचारका क्रममा जोशीको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिए । जोशी बिहीबार साँझ लडेकी थिइन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update