Sagun Khabar
टोकियो ओलम्पिक : जुडो खेलाडी सोनिया भट्ट रुसकी डोल्गोभा इरिनासँग पराजित

काठमाण्डाै - टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

१९ वर्षकी सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन्।

इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत् फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update