Sagun Khabar
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु , ७ जना घाइते 

बझाङ–बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर–६ नौरामा शुक्रवार राति साढे ९ बजेको समयमा घरमा चट्याङ लाग्दा एकै परिवारका ७ जना घाइते भएका हुन् भने एक जनाको भने मृत्यु भएको छ । 

चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता  प्रहरी निरीक्षक दिपेश चौधरीले बताए । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, २५ वर्षीया निशा सिंह, १८ महिनाकी कृतिका सिंह रहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै ४० वर्षीया पञ्चादेवी सिंह, उनका ९ बर्षीया छोरा नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह पनि घाइते भएका छन् । 

घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update