Sagun Khabar
विद्युट सर्ट हुँदा सिलाई पसलमा आगलागी 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङ सदरमुकाम चैनपुरको एक पसलमा आगलागी भएको छ । चौराहा नजिकै रहेको दुई तले पक्की घरको भुइँ तलामा रहेको सर्जन थापाको सिलाई सेन्टरमा शुक्रबार राति ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट पसलका सम्पूर्ण सरसामानहरु जलेर नष्ट भएका प्रहरीले जनाएको छ । 

जयपृथ्वी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो निभाइएको थियो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update