Sagun Khabar
उपनिर्वाचन : बझाङमा माओवादीबाट बुढा उम्मेदवार बन्ने 

बझाङ – आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङमा नेकपा माओवादी केन्द्रबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन् । 

माओवादी केन्द्रले उपनिवर्चानमा बझाङबाट जनक बुढालाई उम्मेदवार बनाउने गरी नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनी प्रदेश कमिटी सचिवसमेत हुन् । उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ । 

एमालेबाट दमन भण्डारी र नेकपा एसले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघि नै निर्णय गरिसकेको छ । 

कांग्रेसले भने अझै सम्म उम्मेदवारको ट्ङ्गो लगाएको छैन् । 

 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update