Sagun Khabar
उपनिर्वाचन : बझाङमा साउद कांग्रेसका चुनावी कमाण्डर 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ ।

बझाङ प्रदेश सभा–१ निर्वाचन परिचालन कमाण्डरमा नेपाली कांग्रेसले एनपी साउदलाई तोकेको छ । 

पूर्व परराष्ट्र मन्त्री साउद कन्चनपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुन् । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य साउदलाई उपनिर्वाचनका लागि बझाङमा खटाइएको नेपाली कांग्रेसले जनाएको छ । 
बझाङ प्रदेश सभा –१ मा नेपाली कांग्रेसका तर्फबाट अभिषेक सिंह उम्मेदवार रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update