Sagun Khabar
साइबर अपराधमा बझाङकी रश्मिला धामी पक्राउ

धनगढी- सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र फेसबुक लाइभमा बसेर व्यक्तिको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी छन्। पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन) को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update