Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी– जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । अस्पतालमा मानसिक रोगसम्बन्धी विहीबार (भोलि)  शिविर सञ्चालन हुने भएको  हो ।

मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भैरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशिल बिकले जानकारी दिए । शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने बताइएको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

शिविरमा मानसिक रोग बिशेषज्ञ डा.निराजन भट्टराईले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर बिकले बताए । निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ ।

जिल्लाका मानसिक समस्या भएका बिरामीहरुलाइ शिविरमा आएर सेवा लिनका लागि आग्रह समेत गरिएको  छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update