Sagun Khabar
बझाङ: मतगणना अन्तिम चरणमा, एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा कायमै

बझाङ– बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा कायमै छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो क्षेत्रमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले अग्रता लिएको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ३ सय ४२ मतले अग्रता लिइरहनुभएको छ । भण्डारीले ११ हजार १ सय ३ र कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार ७ सय ६१ मत ल्याउनुभएको छ । त्यस्तै माओवादीका जनकबहादुर बुढाले ३ हजार ७ सय ९७ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १० मत ल्याउनुभएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २८ हजारभन्दा धेरै मतगणना भइसकेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update