Sagun Khabar
बैतडीमा डढेलो निभाउने क्रममा घाईते बिष्टको उपचारका लागि आर्थिक अभाव
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीमा सामुदायीक वनको डढेलो निभाउने क्रममा घाईते भएका जिवन बिष्टको उपचारका लागि आर्थिक अभाव भएको छ । जिल्लाको पाटन नगरपालिका ६ सुकेली बस्ने बिष्ट सोमबार कर्कल सामुदायीक बनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाईते भएका थिए । उनको पाटन प्राथमीक उपचार केन्द्रमा उपचार संम्भव नभएपछि डडेल्धुरा अस्पताल रेफर गरिएको थियो ।  बिष्टको उपचार अहिले डडेल्धुरामा भईरहेको उनकी आमा हिमन्ती बिष्टले बताईन् ।

बिष्टको आर्थिक र पारिवारिक अबस्था कमजोर रहेकाले सहयोगका लागि अपिल गरिरहेको उनका आफ्न्त अशोक बिष्टले बताए । आर्थिक सहयोगका लागी एनआईसि एसिया बैकं पाटन ब्रान्चमा रहेको खाता न.२९२५७५२६८२२९५००१ तथा जिवन बिष्टकी आमा हिमन्ती बिष्टको मोबायल न. ९७६६९७०३४९ मा सम्र्पक गर्नु सक्ने बताईएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update