Sagun Khabar
बैतडीको पाटनमा शनिबार कृषि हाटबजार लाग्ने
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीको पाटनमा कृषि  हाटबजार लाग्ने भएको छ । पाटन बजार व्यवस्थापन समितिको आयोजना र पाटन नगरपालिकाको समन्वयमा यहि बैशाख २९ गते शनिबार कृषि हाटबजार लाग्ने नगरपालिका द्धारा जारि सुचनामा उल्लेख गरिएको छ । पाटन नगरपालिका वडा नं ६ मा पर्ने खुल्ला मञ्चमा हाटबजार लाग्ने सुचनामा भनिएको छ । कृषि हाट बजार  शनिबार बिहान ८ बजेदेखि शुभारम्भ हुने जानाईएको छ ।

कृषि हाटबजारमा व्यापारीले आफ्नो समाग्रीहरु बिक्रीका लागि राख्न सक्ने र गाउँका कृषकले पनि आफ्नो उत्पादन ल्याएर बिक्रि गर्न पाउने  छन् । सबै किसानलाई आफ्नो उत्पादन तरकारी, मकै, धान, कोदो लगायत अन्नहरु समेत विक्रि गर्न ल्याउन नगरपालिकाले आग्रह गरेको छ । कृषि हाटबजारमा विशेष गरी स्थानीय किसान र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ ।

किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारिकरणमा समस्या हुने गरेकाले यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको  छ । हाटबजार सञ्चालन पछि व्यावसायिक तरकारी खेती र पशुपन्छीपालन गर्ने किसानको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरिएको छ । पाटन बजार व्यबस्थापन समितिले गत चैत्र २६ गते  बैशाख देखी महिनाको अन्तिम शनिवार हाटबजार लगाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुरसार यहि बैशाख २९ गते शनिबार कृषि हाट बजार लाग्ने पाटन नगरपालिकाले जनाएको छ । अब प्रत्येक महिनाको २९ गते पाटनमा कृषि हाटबजार लाग्ने छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update