Sagun Khabar
चट्याङ लागेर बझाङमा चार जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा चट्याङ लागेर चार जना घाइते भएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका हुन् । 

हिजो बेलुका आइते रावतको घरमा चट्याङ लाग्दा बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र एकिन्द्र खड्का घाइते भएका हुन् । 

घाइतेको गडराय स्वास्थ्यचौकीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update