Sagun Khabar
मातातीर्थ औँसीको अवसरमा ज्येष्ठ आमाहरुलाई सम्मान 

बैतडी– बैतडीमा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका–९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाडामा ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको छ । मातातीर्थ औँसीको अवसरमा बुधबार (आज) एक कार्यक्रमकाबीच २८ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको सिद्धेस्वर नमुना मावि हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सहि भाटले बताए । 

वडा न.९ स्थित विद्यालय सेवा क्षेत्रभित्रका ६८ वर्ष उमेरमाथिका २८ जना ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको समितिका अध्यक्ष भाटले बताए । सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाट, विद्यालयका प्रद्यानाध्यापक गणेश प्रशाद भट्ट, विद्यालयका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरुले सयुक्तरुपमा आमाहरुलाई फलफुल बितरण सहित टिका लगाउदै दोसल्ला ओडाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

हरेक नागरिकले आमाहरुलाई माया र सम्मान गर्नुपर्नेमा विद्यार्थीहरुको भावनात्मक विकास होस भन्ने उदेश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । यस्तै सिद्धेस्वर नमुना माविले शैक्षिक कार्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई पनि निरन्तरता दिदै आइरहेको छ ।

“म बाच्छु देशको लागि, म गर्छु समाज सेवा“भन्ने मुल उद्देश्य सहित हरेक शनिबार प्रतेक व्यक्तिले एक घन्टा सामाजिक कार्यका लागि आफ्नो समय समर्पण गर्दै सामाज रुपान्तरण, सामाजिक सद्भावमा वृद्धि गराउने, समाज सेवाको विकास र चेतना स्तरमा वृद्धि गराउनका साथसाथै बाटोघाटो निर्माण, झाडी सफाइ, पानीका मुल, धाराहरुको सरसफाइ, सार्वजनिक स्थलहरुको संरक्षण संम्बर्धन गर्दै समाज सुधार गराउने उद्देश्य सहित प्रत्येक शनिबार बिद्यार्थिहरुको सहभागीतामा सामुदायिक कामहरु समेत गरिरहेको सिद्धेस्वर नमुना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सहि भाटले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update