Sagun Khabar
जन्मदिनको अवसरमा गरीब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीमा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण गरिएको छ । जिल्लाको पाटन नगरपालिका ९, किचारकी निर्मला भण्डारीले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री बितरण गरेकी हुन् । ज्ञानज्योती इङ्लीस बोर्डिङ स्कुलमा अध्यानरत निर्मलाले पाँच वर्ष पुरा गरेको शुभ अवसरमा बिहिबार (आज) विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।

वडा न ९ मा रहेको सिद्धेश्वर नमुना माविमा अध्ययनरत कम आयश्रोत भएका परिवारका छोराछोरी, आमा बुबा गुमाएका टुहुरा, अनाथ बालबालिका, सरसफाइ, अनुशासन, उपस्थिति र पढाइमा उत्कृष्ट रहेका गरि ४० जना बालबालिकाहरुलाइ कापी पेन्सिल वितरण गरेको सिद्धेश्वर नमुना माबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिह भाटले बताए ।

जन्मोत्सवमा हुने बेफजुल खर्चलाई कटौती गरि बालबालिकाको पढाइ लेखाइमा सहयोग पुग्ने हेतुले शैक्षिक सामाग्री वितरण गरेको निर्मला भण्डारीकी आमा लक्ष्मी विष्ट भण्डारीले बताईन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update