Sagun Khabar
गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, सात जना घाइते

गुल्मी – गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बुधवार बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका ४ अन्तर्गत दोभान नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दुर्घटनामा परि चालकसहित सात जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास लगिँदैछ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुको अझै सनाखत भै नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटना भएको जानकारी पाए लगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना परेर जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update