Sagun Khabar
दार्चुला घटनाको छानबिन गर्न गृह सचिवकाे नेतृत्वमा समिति गठन

काठमाडौं – दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन निकाल्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ।

घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन्। समितिमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य छन्।

स्वास्थ्य सन्देश
Atrya hospital

खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीयले बताएका छन्। घटनाको सर्वत्र बिरोध भइरहेको छ। 

–थाहाखबरबाट 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update