Sagun Khabar
कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन्। देउवाको सचिवालयका अनुसार आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकारणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिइएको हो। 

तत्कालीन केपी ओली सरकारले नियुक्त गरेको हितेन्द्रदेव शाक्यको काम सन्तोषजनक नभएको ठहर गर्दे देउवा सरकारले उनलाई हटाउने तयारी थालेको छ।

लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको शाख उचाईमा पुगाएका थिए

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update