Sagun Khabar
एसईईको नतिजा प्रकाशित

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।  कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

नतिजा बोर्डको वेबसाइट  www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update