Sagun Khabar
हात जोडेर ओलीको आग्रह– ‘प्लिज, एमालेका केही व्यक्तिलाई मन्त्री बनाइदिनुहोस्’!

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसदले मन्त्री बन्न पाउँ भन्दै प्रधानमन्त्री देउवासँग आग्रह गरेको भन्दै व्यङ्ग्य गरेका छन् ।  

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा अध्यक्ष ओलीले मन्त्री पाउँ भन्दै केही सांसदले रातरदिन प्रधानमन्त्री देउवाको चाकडी गरिरहेको भन्दै हात जोडेरै मन्त्री बनाइदिन व्यङ्गात्मक आग्रह गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

देउवासँग हात जोड्दै ओलीले भने , ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन्, यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्या छन् कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज ।’ 

-उज्यालो अनलाइनबाट 

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update