Sagun Khabar
दार्चुलामा भाद्र १ गतेदेखि कोभीशिल्ड खोपको दोश्रो मात्रा दिइने

 दार्चुला –दार्चुलामा भाद्र १ गतेदेखि कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ । जिल्लामा आगामी भाद्र १ गतेदेखि ३ गतेसम्म कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको हो ।  स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका ९२ वटा खोप केन्द्रबाट झण्डै १४ हजार ५ सय जना ५५ वर्षमाथिका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाइने छ ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामा १५ हजार कोभिसिल्डको खोप उपलब्ध गराएको स्वास्थ्य कार्यालयले बताएको छ । हालसम्म दार्चुलामा ३६ हजार ७७९ जनाले विभिन्न खोपको पहिलो मात्रा खोप लगाएका छन्।

स्वास्थ्य सन्देश
Atrya hospital

जसमध्ये भेरोसिल खोपको पहिलो मात्रा १४ हजार ५२५ जना, भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१ जना, कोभिशिल्डको पहिलो मात्रा १७ हजार ३१५ जना, कोभिशिल्डको दोस्रो मात्रा २ हजार ६७९ जना र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लामा हालसम्म जम्मा ३० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन्।   
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update