Sagun Khabar
दार्चुलामा गौरापर्वको बेला भीडभाड गर्न नदिइने 

दार्चुला –दार्चुलामा गौरापर्व मनाउँदा भीडभाड हुन नदिने निर्णय भएको छ । गौराको समयमा भीडभाड हुने भएकाले त्यस्तो भीडभाडमा रोक लगाउने निर्णय भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गौरापर्वमा भीडभाड नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

कोभीड १९ संकट व्यवस्थापन समितिको बैठकले गौराको समयमा हुन सक्ने भीडभाडलाई रोक्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्यका मापदण्ड अपनाएर मात्रै पर्व मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तै कोरोनाको संक्रमणबाट जोगाउन जिल्लाका सबै स्थानीय तहले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टाइन र आइसोलेशनलाई व्यवस्थित गर्ने र निर्माण नगरेका स्थानीय तहमा तत्काल निर्माणका लागि पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

जिल्लाभित्र कोरोनाको तेस्रो लहर फैलिन सक्ने अवस्थालाई ध्यानमा राखी सबै नागरिकहरुलाई सतर्क र सजग रहन अनुरोध गर्ने निर्णय समेत भएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update