Sagun Khabar
दार्चुलाको व्याँसमा खाद्यान्नको चरम अभाव 

दार्चुला –दार्चुलाको व्याँसमा खाद्यान्न सामग्रीको अभाव भएको छ । तुइनको साहारमा महाकाली नदी तर्दै आएका व्यासबासी भारतीय एसएसबीले तुइन काटिदिएपछि समस्यामा परेका छन् ।

दार्चुला सदरमुकाम पुग्नका लागि नेपाल तर्फको बाटो अप्ठ्यारो हुँदा समस्या भएको स्थानीयहरुले बताएका छन् । भारतीय बाटो प्रयोग गर्दै सदरमुकाम पुग्ने गरेका व्यासबासी पछिल्लो समयमा समस्यामा परेका हुन् । नेपालतर्फ बाटो नहुनु र भारतीय सम्पर्कपनि बिच्छेद भएका कारण मालगाउँमा अहिले खाद्यान्नको संकट भएको स्थानीय हरक कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

व्याँस गाउँपालिका–२ राप्लास्थित मालगाउँ जोड्ने तुइन बन्द भएको १५ दिन बढी भइसकेकोले गाउँमा खाद्यान्नको संकट भइसकेको उनले बताए । 

व्यासको वडा नम्बर १, २ र ३ का स्थानीयवासीलाई बढी समस्या भएको व्यास गाउँपालिकाका प्रवक्ता एबं वडा नम्बर २ का वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताए । 

गाउँमा खाद्यसंकट भएपछि केहिले त लुकीछिपी रातिको समयमा तुइन प्रयोग गरिरहेका छन् तर अन्यले जिल्ला सदरमुकाम खलंगा पुग्न असुरक्षीत बाटोमा जोखिम मोलिरहेका छन् । व्याँसमा खाद्यान्न अभाव भएपछि स्थानीयहरुले हेलिकप्टरबाट खाद्यान्न ढुवानीका लागि माग गरेका छन् । 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update