Sagun Khabar
अफगानिस्तानमा तालिवानद्वारा राष्ट्रपति भवन कब्जा, राष्ट्रपति भागे

काठमाण्डाै - राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ ।  झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानी लडाकु  राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्।

हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानी लडाकुले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका थिए। तालिबानले अब युद्ध सकिएको र राष्ट्रपति घानी भागेका समेत बताएको छ ।

तालिबानी लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ।

अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिज्ञहरुलाई सम्बन्धित देशले फर्काउन थालेका छन् ।  

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update