Sagun Khabar
दार्चुलामा आजदेखि कोभीशिल्डको दोश्रो मात्रा लगाउने कार्य शुरु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा ५५ वर्ष माथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको कोभिशिल्डको दोस्रो मात्रा लगाउने कार्य शुरु भएको छ । 

आजदेखि जिल्लाका ९२ वटा खोपकेन्द्रबाट ५५ वर्ष माथि उमेर समूहका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाउन थालिएको हो । भाद्र १ गतेदेखि भाद्र ३ गतेसम्म जिल्लाका झण्डै १४ हजार ५ सय जना ५५ वर्षमाथिका सबैलाई कोभिशिल्डको दोस्रो मात्रा लगाउने कार्य शुरु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलामा १५ हजार कोभिशिल्ड खोप उपलब्ध गराएको बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update