Sagun Khabar
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्। शनिबार उनले औपचारिकरुपमा नियुक्ति पाएका हुन्। 

प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानु देउवा नै प्रमुख स्वकीय सचिव थिए। देउवा कांग्रेस सभापति रहँदा पनि भानुले नै उनको सचिवालय सम्हाल्दै आएका थिए। 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update