Sagun Khabar
बाजुरामा करेन्ट लागेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा शनिबार बेलुकी करेन्ट लागेर अन्दाजी ५० वर्षीय पुर्णबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पिलुचौरमा रहेको बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा करेन्ट लागेर  उनको मृत्यु भएको प्रहरी निरीक्षक धनदेव साउँदले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update