Sagun Khabar
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्  । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाए ।

विश्वासको मत पाउन ४१ मत आवश्यक पर्छ । विपक्षमा कुनै पनि मत खसेको छैन ।  आजको बैठक एमालेले भने बहिष्कार गरेको  छ । सांसद अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।

तर आजको दोस्रो बैठक र तेस्रो बैठक एमालेले बहिष्कार गरेको छ । तेस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update