Sagun Khabar
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको छ ।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरका हुन् । 

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update