Sagun Khabar
दार्चुलामा बन्द भन्सार कार्यालय सञ्चालन गर्नुपर्ने माग

दार्चुला –दार्चुलाका विभिन्न भन्सार कार्यालयहरु बन्द रहेका छन् । तिंकर, सीतापुल, दत्तु र जौलजिवी छोटी भन्सार कार्यालय अहिले बन्द अवस्थामा रहेका हुन् । 

जिल्लाका स्थानीय तहहरुले भारतीय सीमा क्षेत्र लाली र तिंग्रम झोलुंगे पुल बनेपछि थप भन्सार कार्यालय राख्न माग गरेका छन् । व्यासको सीमा तिंकर तथा सीतापुलमा छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पटक पटक अनुरोध गरिएको बताइएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

लेकम गाउँपालिकाले पनि दुई वर्षदेखि लालीमा नेपाल–भारत जोड्ने झोलुंगेपुल बनेपछि छोटी भन्सार कार्यालय स्थापनाका लागि पत्र पठाएको बताएको छ । तर माग सम्बोधन नभएको गाउँपालिकाले जनाएको छ । 

भारत र चीनका नाकामा बजारको राम्रो सम्भावना रहेकाले छोटी भन्सार छिटो पुनःस्थापना गर्नुपर्ने व्यापारीहरुले माग गरेका छन् भने सरकारले मागलाई सम्बोधन नगरेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ । भन्सार नभएकै कारण स्थानीय बजारमा सामान बिक्री गर्न समेत असज भएको व्यवसायीको गुनासो छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update