Sagun Khabar
बैतडीको पाटन–१० पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा

बैतडी-  बैतडीको पाटन नगरपालिका –१० लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको छ । 

पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणाका लागि निर्धारण गरिएका सबै सुचक पूरा भएपछि सोमबार वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनामुनिका ४४ जना बालबालिका र १५ महिनादेखि ५ बर्ष मुनिका १ सय ५७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोप पाएपछि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको सिद्धपुर स्वास्थ्यचौकीका प्रमुख महेन्द्र बोहराले बताए । 

पाटन नगरपालिका –१० का वडा अध्यक्ष धनबहादुर कुवर, स्वास्थ्यकर्मी, खोप समन्वय समिती र अन्य सरोकारवालाहरुको उपस्थितीमा वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको हो ।

यसअघि वडालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणाका लागि घरघरमै पुगेर बालबालिकाहरुले खोप पाए÷नपाएको एकीन गरिएको थियो । वडाभित्रका सबै बालबालिकाहरुले खोप पाएको एकीन भएपछि वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको बोहराले बताए । 

आगामी दिनमा पनि पूर्णखोपलाई निरन्तरता दिने सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । बालबालिकाहरुलाई विभिन्न रोगबाट बचाउनका लागि १३ प्रकारका खोप दिने गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update