Sagun Khabar
सुदूरपश्चिमका १० प्रदेश सांसदले एमाले छाडेर एकीकृत समाजवादी दल रोजे
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । १० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएका प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले  जानकारी दिइन् । उनीहरुले भोली सनाखत गर्ने उनले बताइन् । 

सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेपछि माधव नेपाल पक्ष बहुमतमा पुग्नेभएको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update