Sagun Khabar
विपन्न वर्गलाई राहत बितरण
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–दलित समाज बिकास मंच बैतडी र महिला मानवअधिकार रक्षक सञ्जालले राहत सामग्री बितरण कार्यक्रम लाई निरन्तरता दिएको छ । जिल्लाका बिभिन्न ठाउँमा रहेका बिपन्न वर्गलाई राहत दिने क्रममा बिहिबार दशरथचन्द नगरपालिका वडा न. २ र वडा न. ३ मा बितरण गरिएको छ । 


यी दुवै वडाका गरेर जम्मा १४ जनालाई राहत दिइएको दलित समाज बिकास मंचका अध्यक्ष सरस्वती नेपालीले बताइन् । राहत सामग्रीमा २५केजी चामल, २केजि दाल, नून, साबुन र तौलिया बितरण गरिएको छ । 


राहत बितरण गरिएका सबैजनालाई एक–एक पोका मास्क र एक–एक ओटा स्यानेटाइजर बितरण गरिएको छ । कोरोना भाइरसको प्रकोप कायम रहेकाबेला मजदुरी गर्न नसक्दा दैनिक छाकटार्नै समस्या भएका परिवारका ब्यक्तिहरुलाई राहत बितरण गरिएको महिला मानवअधिकार रक्षक सञ्जाल बैतडीका सचिव कल्पना रानाले बताइन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update