Sagun Khabar
कैलालीमा विङ्गर र अटो एक –आपसमा ठोक्किँदा ३ जनाको मृत्यु 
फाइल फोटो

कैलाली –कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार ७ जना घाइते भएका र तीमध्ये ३ जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परी कैलालीको घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Atrya hospital

त्यस्तै घाइते हुनेमा घोडाघोडी ९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दिपेन्द्र चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरी चौधरी रहेका छन् । उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update