Sagun Khabar
नुहाउने क्रममा बेपत्ता भएका कैलालीका दुई बालक मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालक मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका –१ स्थित मनहरा नदीमा बेपत्ता भएका १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय अयुग थापा मृत फेला परेका प्रहरीले जनाएको छ ।

उनीहरु शुक्रबार दिउँसो २ बजे नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । गएराति ११ बजे तिरको समयमा सशस्त्र प्रहरीको गोताखोर टोलीले दुवै बालकको शव नदीबाट निकालेको प्रहरीले बताएको छ ।  

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update