Sagun Khabar
दार्चुलामा बालयौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ १५ गते राति मार्मा गाउँपालिका ६ पत्थरकाँडामा गौरा पर्व हेरेर घर फर्किने क्रममा बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

नौगाड गाउँपालिका–४ सिप्टीका २५ वर्षीय महेशसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए । पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई बिहीबार पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ती बालिकामाथि पत्थरकाँडामा गौरा पर्व हेरेर राति साढे ११ बजे घर फर्किने क्रममा ठगुन्नाले दुर्व्यवहार गर्न खोजेको आरोप लागेको छ । आफन्तले दिएको जाहेरीका आधारमा बाल यौन दुव्यर्वहार अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update