Sagun Khabar
कञ्चनपुरमा साइकल र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु 

कञ्चनपुर –कञ्चनपुरमा साइकल र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक बेदकोट नगरपालिका–९ कृषि चोक बस्ने ३५ बर्षीय श्याम दमाईको मृत्यु भएको हो । 

म २ प ४९९७ नम्बरको मोटरसाइकल र साइकल कृषि चोकमा एक आपसमा ठोक्किँदा चालक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि बेपत्ता भएका साइकल चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update