Sagun Khabar
दार्चुलामा विद्यालय सञ्चालन गर्ने निर्णय 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –कोरोना सङ्क्रमणका कारण लामो सयमदेखि बन्द रहेका दार्चुलाका विद्यालय खुल्ने भएका छन् । दार्चुलामा आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी विद्यालय संचालन गर्न सकिने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन भित्र रहेर सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए  । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएकोबारे अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । 

अब स्थानीय तहले कोरोनाको अवस्था हेरी विद्यालय संचालन गर्न सक्ने प्रमुख जिल्ला अधिकारी जोशीले बताए । दार्चुलाका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहमा तत्कालका लागि कोरोना संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update