Sagun Khabar
बझाङको बित्थडचिर गाउँपालिकाद्वारा ‘फाइटर ढाँट’लाई सम्मान 

बझाङ–बझाङको बित्थडचिर गाउँपालिका घर भएका ‘बझाङी बाघ’ उपनामले चिनिने एमएमए फाइटर रबिन्द्र ढाँटलाई सम्मान गरिएको छ ।

बित्थडचिर गाउँपालिकाले ढाँटलाई नगद सहित सम्मान गर्ने भएको हो । हालै भारतमा सम्पन्न भएको ‘प्रोफेशनल फाइट’  मा भारतीय खेलाडीलाई पराजित गर्दै नेपालको नाम उज्जवल बनाएको भन्दै गाउँपालिकाले फाइटर ढाँटलाई सम्मान गर्ने निर्णय गरेको हो । 

ढाँटको उपलब्धिप्रति खुशी व्यक्त गर्दै बित्थडचिर गाउँपालिकाले तीन लाख एघार हजार एक सय एघार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको गाउँपालिकाका प्रवक्ता हरिशचन्द्र जोशीले बताए । खेल क्षेत्रमा ढाँटले पुर्याएको योगदानको कदर गर्दै प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गर्न लागिएको उनले बताए । 

गाउँपालिकाले एक प्रेस विज्ञप्तिमार्फत ढाँटको जितलाई गाउँकै गौरवका रूपमा लिएको बताउँदै भविष्यमा पनि यस्ता खेलाडीलाई सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि ढाँटले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो क्षमता प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update