Sagun Khabar
दार्चुलाको व्याँस र दुहुँमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै 

दार्चुला –दार्चुलाको दुहुँ गाउँपालिका र व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएपछि हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न थालिएको छ । भदौ १३ गते आएको बाढी र पहिरोका कारण दार्चुलाको व्यास जोड्ने सडक अवरुद्ध बनेपछि हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी शुरु गरिएको हो ।

स्थानीयहरुको माग अनुसार हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए । चामल,नुन,दाल, खानेतेल लगायतका दैनिक उपभोग्यका सामग्री ढुवानी गर्न थालिएको उनले बताए ।

खाद्यान्न ढुवानीका लागि नेपाली सेना हेलिकप्टर प्रयोग गरिएको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update