Sagun Khabar
प्रहरीले नियन्त्रणमा लिन खोज्दा भिरबाट हामफालेका कैदी गम्भीर घाइते
फोटो :जिल्ला प्रहरी कार्यालय बझाङको भवन

बझाङ–बझाङ कारागारबाट भागेका एक कैदी भिरबाट हामफाल्दा गम्भीर घाइते भएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ का उदिप भनिने रोहित सुनार गम्भीर घाइते भएका हुन् ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी भिरबाट हामफालेर घाइते भएको प्रहरी नायब उपरीक्षक(डीएसपी) खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रहरीका अनुसार बित्थडचिर गाउँपालिका क्षेत्रबाट नियन्त्रणमा लिन खोज्दा उनी भिरबाट हामफालेका थिए । उनी करीब तीन सय मिटर तल खसेका थिए ।

उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत सुनारको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीसँगै भागेका कर्तव्य ज्यान मुद्दाकै कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरेको छ
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update