Sagun Khabar
कैलाली र कञ्चनपुरमा भदौ २७ गते सार्वजनिक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलाली र कञ्चनपुरमा २७ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले २७ गते बिदा दिने निर्णय गरेको हो । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको थियो ।

सोही निर्णयअनुसार भदौ २७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको हो। । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटुवारीको अवसरमा प्रदेशभरी बिदा दिइएकोमा यो वर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update