Sagun Khabar
बझाङमा कुटपिटबाट एक युवकको मृत्यु 

बझाङ–बझाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–५ का २० वर्षीय अभिशेष थापाको कुटपिटबाट मृत्यु भएको हो । 

आइतबार राति उनीमाथि स्थानीय युवाहरूको समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अभिशेषको बझाङमा उपचार हुन नसकेपछि धनगढी पुर्याइएको थियो । धनगढीस्थित निर्सग अस्पतालमा उनको उपचारका क्रममा सोमबार मृत्यु भएको जनाइएको छ ।

नेपाली सेनाका सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । तीनै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गतवर्ष गाउँमै भलिबल प्रतियोगिता हुँदा विवाद भएको र सोही रिसीइबीका कारण कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी खगेन्द्र धमलाले बताए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update