Sagun Khabar
दार्चुलाको मार्मामा एकजना धामीको काँप्दाकाँप्दै मृत्यु 

दार्चुला –दार्चुलाको मार्मा गाउँपालिकाका एक पुरुष मृत फेला परेका छन् । मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । 

घरबाट काम बिशेषले लटिनाथ बजार जान्छु भनी हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त घरमा धामीको शव फेला परेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको सुन्नमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए । 

घटनबारे थप बुझ्नका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट जगत मल्लको कमाण्डमा प्रहरी टोली खटिएको थियो । मृतकको शवलाइ पोष्टमाटमको लागि शुक्रबार गोकुलेश्वर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update