Sagun Khabar
सरकारले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्यायो

काठमाण्डौ – सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । 

बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिए । 

साथै सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरे । 

Atrya hospital

नेकपा एमालेको अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गरेका हुन् । 

आज बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले विनियोजन विधेयक पेस गरे । अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताए ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update