Sagun Khabar
कांग्रेसको महाधिवेशन कार्यतालिका परिमार्जन

काठमाडौं –नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ । प्रदेश र केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी बाँकी अधिवेशनको समयतालिका संशोधन गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समिति संयोजक महादेव यादवका अनुसार वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा र जिल्ला अधिवेशनको मिति परिमार्जन गरिएको हो । संशोधित कार्यतालिका अनुसार अधिवेशन हुन बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ ।

स्वास्थ्य सन्देश
Atrya hospital

पालिका अधिवेशन ९ असोज, प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोज र एकभन्दा बढि प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अविधेशन १८ असोजमा गर्ने संशोधित कार्यतालिकामा उल्लेख छ ।

१८ भदौबाट कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी २० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने यथावत् रहेको निर्वाचन समितिले जनाएको छ ।

-अनलाइनखबरबाट 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update