Sagun Khabar
पूर्व प्रधानमन्त्री चन्दलाई सामूहिक अभिनन्दन 

बैतडी –पूर्व प्रधानमन्त्री एवं बरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक अभिनन्दन गरिएको छ । 

सोमबार काठमाण्डौंमा ताराकिसन फाउण्डेशनसहित १ सय १ साहित्यक संस्थाले संयुक्त रुपमा पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरेको हो । नेपाली साहित्यको क्षेत्रमा चन्दले अतुलनीय योगदान गरेको भन्दै अभिनन्दन गरिएको हो । ताराकिसन फाउण्डेशनका संरक्षक राधेश्याम लेकालीसहितका व्यक्तिहरुले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गरेका हुन् ।  

बैतडीको सुर्नया गाउँपालिका–२ कुरुकुटियाँमा जन्मेका पूर्व प्रधानमन्त्री चन्दलाई साहित्यक क्षेत्रमा लोचनका नामले चिन्ने गरिन्छ । ८७ बर्षीय चन्द अहिले समेत साहित्यक क्षेत्रमा क्रियाशील रहेका उनका स्वकीय सचिव केशवबहादुर चन्दले बताए । 

चन्दका १५ भन्दा बढी साहित्यक कृतिहरु प्रकाशित भइसकेका छन् । 

चार पटक देशको प्रधानमन्त्री बनिसकेका चन्दलाई निष्कलंक नेताको रुपमा चिन्ने गरिएको छ । नेपालको राजनीति र साहित्यक क्षेत्रमा चन्दको महत्वपूर्ण योगदान रहेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update