Sagun Khabar
सहस्त्रलिङ्ग कैलपाल कृषि सहकारी संस्थाको ११ औँ वार्षिक  साधारण सभा सम्पन्न

बैतडी- बैतडीको पाटन नगरपालिका ४ मोहनपुर बस्तीमा रहेको  सहस्त्रलिङ्ग कैलपाल कृषि सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक  साधारण सभा शनिबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष विर सिंह महराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी पाटन नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक सिंह बिष्ट रहेका थिए । 

यस्तै कार्यक्रमका विशिष्ट अतिथी पुर्व जिल्ला समन्वय समितीका प्रमुख सिद्धराज भट्ट र नेकपा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य धर्मानन्द भट्ट रहेका थिए ।

कार्यक्रममा सहकारीका व्यवस्थापक रमेश सिंह महराले १ करोड ६८ लाख ३५ हजार १ सय ९४ रूपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यो सगैं कुल १ करोड ३३ लाख २७ हजार ३ सय ऋण लगानीको विवरण समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिष्टले संस्थालाइ विभिन्न समयमा वडाले सहयोग गर्दै आएको  र अबका  दिनमा पनि सहयोग गर्ने बताए । यस सहकारी संस्थामा हाल ५८८ सेयर सदस्य र २०७ बाल बचतकर्ता गरि जम्मा ७९५ सदस्यहरू रहेका सहकारीका व्यवस्थापक रमेश सिंह महराले बताए । सहकारी संस्थाले कृषि क्षेत्रमा लागेका शेयर सदस्यहरुलाई सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update